११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

सिरहा – सिरहामा नगरपालिकामा पारदर्शिता माग गर्दै नेपाली कांग्रेस नगर समिति आन्दोलित भएका छन्। नगर समिति सभापति अशीषलाल यादवले पत्रकार सम्मेलनमा १५ बुँदेसहित मागसहित पहिलो चरणको आन्दोलन सुरु भएको जानकारी गराएका हुन्।

शनिबार नगरभरिका २२ वटै वडामा पर्चा पम्पलेट वितरण गर्ने उनले बताए। फाल्गुन १३ गतेदेखि १८ गतेसम्म नगरपालिकामा धर्ना दिने उनले बताए। नगरसभा र त्यसको निर्णय, आ.व.२०७६/०७७ को आय–व्यय,आ.व.२०७७/०७८ शीर्षकगत आय–व्यय अपारदर्शी तवरले राखेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोभिड–१९ को महामारी रोकथाम, पूँजिगत परामर्श, खानेपानी, मल खाद्य र बीउ विजनको नाममा करोडौं रकम भ्रटाचार भएको कांग्रेसले आरोप लगाएका छन्।

‘नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई प्रलोभन, चक्रव्युह वा अरु वहानामा हस्ताक्षर गराउँदै आएका छन्’, कांग्रेस महासमिति सदस्य डाक्टर सुभाषचन्द्र यादवले पत्रकार सम्मेलनमा भने, ‘सिरहा नगरपालिकामा किर्ते गराउने र गर्ने क्रम बढेको छ।’ बितेकै मितिमा पत्र बुझाएर पुरानै मितिबाट योजना छनौ देखि कार्यान्वन पनि पुरानै मितिमा गर्ने र गराउन लगाउने काम सिरहा नगरपालिकामा तीव्र रुपमा हुँदै आएको उनको दाबी छ। डाक्टर यादव कांग्रेसबाट मेयरमा चुनाव लडेका थिए। कुनै पनि योजनाका सही विवरण र त्यसमा भएको खर्च कानूनी तवरले नगरेको उनको भनाइ छ। छल–छाम र प्रलोभन देखाएर वा प्रपन्च रचेर नगरमा भएको करोडौंको भ्रटाचारलाई ढाकछोप गरिँदै आएको उनको आरोप छ। त्यस्ता ढाकछोपलाई पर्दाफास गर्न कांग्रेसलाई जहाँ र जुनसुक्कै निकायमा उजुरी गर्नुपरे वा आन्दोलन नै गर्नु परेमा पछि नपर्ने उनले बताए।

पारदर्शिताको माग राख्दै कांग्रेसले कैयौ पटक निवेदन तथा जानकारी पत्र दर्ता गराउँदा बेवास्ता गरिएको कारणले बाध्य भएर आन्दोलनको घोषणा गर्नु परेको सिरहा नगरपालिकाका कांग्रेस नगर कार्यसमितिका सभापति अशीषलाल यादवले बताए।

आन्दोलन बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै कांग्रेस नगरसभापति अशीषलाल यादव।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]