काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभई राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत,चीन,अमेरिका र जापान सबैसंग बीआईपीपीए सम्झौता गर्नुपर्छ भन्ने मान्छे भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘कुनै भ्रम नरहोस्-म ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी हैन।बरू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत/चीन/अमेरिका/जापान सबैसंगBIPPA सम्झैता गर्नुपर्छ भन्ने मान्छे हुॅ।तर अहिलेको आफैले घोषणा गरेको’चुनावी सरकार’ले यस्ता ठूला योजनाको टुंगो/ठेक्का गर्न मिल्दैन!