१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

साेलुखुम्बु – साेलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेकाे छ । नेपाल टेलिकमले गुदेलमा फोरजी टावर सञ्चालनन गरेसँगै शुक्रवारबाट दुर्गम क्षेत्र मानिएकाे महाकुलुङ फोरजीकाे पहुँचमा पुगेको हो ।

यसअघि टेलिफोन नेटवर्कले समेत राम्ररी काम नगर्दा स्थानीयवासी सञ्चार पहुँचबाट टाढा हुनुपरेको थियो । सञ्चार माध्यम, गाउँपालिका र स्थानीयवासीकाे आग्रहपछि फाेरजी सेवाकाे विस्तार गरिएकाे नेपाल टेलिकम ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो ।

इन्टरनेटको फोरजी पहुँचमा पुगेसँगै पालिकावासीमा खुसी भएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर महाकुलुङ क्षेत्रमा फोरजी सेवा सुरु गरिएकाे भए पनि औपचारिक उद्घाटन हुन बाँकी रहेको महाकुलुङ गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यसका साथै छेस्कामको टावरमा यसएलार ब्याकप व्यवस्थापन गर्ने याेजना रहेकाले महाकुलुङवासी सहजै सञ्चार सेवाकाे पहुँचमा पुग्ने हुने नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीका प्रमुख मोहमद अकबर अलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]