११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौँ– यदि तपाईं मांसाहारी हुनुहुन्छ र चिकेन खानाको विशेष पारखी हुनुहुन्छ खुशी हुनुहोस् । त्यस्तो खानाले तपाईलाई कयौँ लाभ दिन्छ ।

– चिकेनमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले शरीर तथा मांसपेशीको विकासमा मद्दत पुर्‍याउँछ ।

– दुब्लो हुनुहुन्छ भने चिकेन खाना ज्यादै उपयोगी हुन्छ, किनकि चिकेन खाने जीउ चाँडै लाग्छ ।

–डिप्रेसन, टाउको दुःखेको आदि अवस्थामा चिकेनको सुप पिउनु ज्यादै फाइदाजनक हुन्छ । चिकेनको सुप खानाले दिमागमा सिरोटोनिन नामक पदार्थ निस्किन्छ, जसले मानिसलाई मुडमा ल्याउने, तनाव, चिन्ता आदिबाट मुक्त गर्ने गर्छ ।

– उमेर बढ्दै गएपछि हड्डी कमजोर हुँदै जान्छ । यसले मानिसमा अर्थराइटिस र अस्टियोपोरोसिसजस्ता हड्डीसम्बन्धी समस्या उत्पन्न गराउँछ । चिकेनमा पाइने प्रोटिनले हड्डीसम्बन्धी यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

– चिकेन खानाले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको मात्रा बढ्न पाउँदैन, जसले गर्दा मुटु बलियो हुन्छ ।

– चिकेनमा फस्फोरसको मात्रा उच्च हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउने गर्छ । साथै यसले किड्नी, लिभर र नर्भस सिस्टमलाई पनि बलियो बनाउँछ ।

– चिकेनमा सेलेनियम नामक तत्वको मात्रा बढी हुन्छ । यसले मानिसको थायराइड, हर्मोन्स, मेटाबोलिजम र इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

– चिकेनमा रेटिनल, अल्फा तथा बिटा केरोटिन, लाइकोपिन, भिटामिन आदि पाइन्छ, जसले आँखालाई तेजिलो राख्छ र रतन्धो हुनबाट जोगाउँछ ।

-समय–समयमा चिकेन खाइरहनाले आँखाको ज्योति कायम रहन्छ । आँखा सुख्खा हुने, पानी आउने, मोतियाविन्दु हुने लगायत सम्भावना पनि कम हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]