०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

काठमाडौँ — ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।

शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । त्यस्तै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो । पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले बताए ।

पक्राउ पर्नेहरू

१. जिल्ला ललितपुर बस्ने वर्ष ४३ को रामबहादुर लामा

२. जिल्ला ललितपुर बस्‍ने वर्ष ४० को प्रकाश भण्डारी

३. जिल्ला ललितपुर बस्‍ने वर्ष ४७ को लव कुमार बस्‍नेत

४. जिल्ला ललितपुर बस्‍ने वर्ष ४३ को राकेश महर्जन

५. जिल्ला ललितपुर बस्‍ने वर्ष ३९ को दिनेश पुडासैनी

६. जिल्ला ललितपुर बस्‍ने वर्ष ५३ को हिटलर श्रेष्ठ

७. जिल्ला ललितपुर बस्‍ने वर्ष २८ को अनिल महर्जन

८. जिल्ला ललितपुर बस्‍ने वर्ष ३६ को श्रीकृष्ण खड्का

९. जिल्ला ललितपुर बस्‍ने वर्ष ४२ को तुलसी राम महर्जन

१०. जिल्ला ललितपुर बस्‍ने वर्ष ४६ को सानु कान्छा महर्जन

११. जिल्ला ललितपुर बस्‍ने वर्ष ४५ को पुर्ण श्रेष्ठ

१२. जिल्ला ललितपुर बस्‍ने वर्ष ४८ को विनोद प्रसाद घिमिरे

१३. जिल्ला ललितपुर बस्‍ने वर्ष ४० को पुर्ण मान माली

१४. जिल्ला ललितपुर बस्‍ने वर्ष ५७ को सानुकान्छा बस्‍नेत

१५. जिल्ला ललितपुर बस्‍ने वर्ष ४६ को राम खत्री

१६. जिल्ला ललितपुर बस्‍ने वर्ष ३२ को विनोद महर्जन

१७. जिल्ला ललितपुर बस्‍ने वर्ष ५५ को चिरीकाजी महर्जन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]