२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ ।चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

काम सुरु भएपछि समस्या नआएका कारण स्तरोन्नतिले गति लिएको उहाँको भनाइ छ । ‘अहिले स्तरोन्नति भएको सडक बर्खामा कति जोगाउन सकिन्छ भनेर आँकलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले निर्माण कार्यमा कुनै पनि अवरोध छैन ।’ मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ-स्याफ्रुबेंसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

‘हामीले सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी काम अघि बढाइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने तथा अनुगमन गर्ने काम गरिरहेका छौं ।’ त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।

यो सडक बेत्रावती, कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ-स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]