०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सप्तरीको बोदे बर्साईन नगरपालिकामा अाजदेखि प्रथम मेयर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

एक कार्यक्रमको बीच बोदे बर्साईन नगर खेलकुदको अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा अायाेजित प्रतियोगिताको उद््घाटन बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका थिए ।आज पहिलो दिनको खेल वडा नम्वर १०खडकपुर र वडा नम्वर ९ देउरीको बिच भएको थियो । टस जितेर वडा नम्वर १० खडकपुरले फिल्डिङ रोजेका थिए, भने ब्याटिङ देउरी टिमले १२ ओभर २ बलमा ६६ बनाई अलआउट भएका थिए, कप्तान आदर्श यादवले १४ रनको योगदान गरेका थिए, अरू खेलाडीले दोहरो अंक समेत जोडन पाएन ।

जवाफी ब्याटिमा उतरेका वडा नम्वर १० खडकपुरले १ विकेटको छतिमा ६ ओभर ४ बलमा बिजय लक्ष्य प्राप्त गरेका छन् । आजको खेलमा खडकपुर टिमका सदानन्द यादवले ह्याट्रिक विकेट लिदैँ म्यानफ द म्याच घोषित भए ।बोदे बर्साईन नगरपालिकाको सम्पुर्ण युवाको सहयोगमा र खेलकुद समिति बोदे बर्साईनको नगर अध्यक्ष कामेश्वर यादवको अध्यक्षतामा र अयोजित उद्घाटन खेलमा जिल्ला क्रिकेट संघ सप्तरी सदस्य अनवर अली वडा १ देखि १० सम्मका वडा अध्यक्षहरू, थिए । राजनीतिक दलका प्रतिनिधिहरू, ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख अरुण सिंह , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख उत्सव बिष्टको उपस्थिति रहेको थियो ।आजको कार्यक्रममा राजा यादव र उमेश कुमार साह ( पत्रकार) ले उध्घोसन गर्नु भएको थियो ।

एमपायरको रुममा मा बि बोदे बर्साईनको शिक्षक जितेन्द्र प्रसाद गुप्ता र राजिव यादवको जोरि थियो तथा स्कोरमा राकेश साह र राहुल यादव रहेको थियो ,भने प्रतेक दिन बोदे बर्साईन नगरपालिका भित्रमा रहेको तिन वटा बिधालयको खेकमैदान समय र तालिका अनुशार माबि बोदे बर्साईनमा माबि मानराजा र माबि नेगडामा हुने गरि भोलीको खेलमा मा.बि मानराजामाको खेल मैदानमा वार्ड न ०१ र ०२ को बीचमा हुने अायाेजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]