३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

हेटौंडा- प्रहरीले हेटौंडा–११ नवलपुरबाट २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–१ पलासे बस्ने २१ वर्षीय नवराज थिङ र सोही स्थान बस्ने २० वर्षीय बाबुराम थोकर छन् ।

बिहीबार राति ११ः३० बजेको समयमा हेटौंडा–११ नवलपुरस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना१ह ७२३६ नम्बरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अटोमा लुकाइ ल्याएको अवस्थामा २५ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उक्त अटोको पछाडिपट्टीको सिटमूनि लुकाइ ल्याएको अवस्थामा ४ वटा पोकामा गाँजा फेला परेको हो ।

बरामद गाँजा र अटोलाई नियन्त्रणमा लिनुका साथै अटोमा सवार दुईजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]