०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सप्तरी – पूर्वराष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम अलोकतान्त्रिक रहेको टिप्पणी गरेका छन् । शुक्रवार जनकपुरधाममा नेपाली काँग्रेसका नेता डा.शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बीपी विचार संग्रह पुस्तकको विमोचन समारोहमा पूर्व राष्ट्रपति डा. यादवले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका कारण लोकतन्त्र संंकटमा परेको बताए ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक रहेको उनको ठहर थियो । पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री ओलीले संविधानको उल्लंघन गर्दा राष्ट्रपति साक्षी बसेर गलत गरेको बताए । उनले राष्ट्रपति भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप समेत लगाए ।

‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन । प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ । राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको छ,’ उनले भने ।

मुलुक र लोकतन्त्रमाथि आएको संकटले राति निन्द्रा लाग्न छोडेको भन्दै डा. यादवले मुलुकलाई आईसीयूबाट जेनरल वार्डमा सार्न सहकार्य र समन्वय गर्नुपर्ने बताए । विपक्षी र विज्ञसँग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नु पर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाए ।

उनले भने, ‘दल विभाजनको अध्यादेश ल्याउनु, राष्ट्रपतिद्वारा त्यसको सदर गरिनु, संवैधानिक परिषदमा आफ्ना मान्छेलाई भर्ती गर्नु लगायतका घटना क्रमले पनि लोकतन्त्रमाथि बारम्बार प्रहार हुँदै आएको छ । यस्तो परिस्थतिमा निर्वाचनमा जानु भनेको दलहरुले आफ्नो टाउको फुटाउनु बाहेक केही होइन ।’

यस कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीको कदम संघीय लोकतन्त्रिक गणतन्त्रको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानूनी आधार खुलाउनुपर्ने बताए ।

वर्तमान अवस्थामा निर्वाचन हुने कुनै अवस्था नरहेको भन्दै उनले प्रधानमन्त्रीको कदमविरुद्ध सबै लोकतन्त्र पक्षधर एक भई अघि बढनुपर्ने आवश्यकता औल्याए । डा. कोइरालाले वर्तमान समस्याको विकल्प निर्वाचन नभई संसद पुनस्र्थापना रहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]