सप्तरी – ग्लोबल एकेडेमी टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजले विश्व प्रसिद्ध स्वीजरल्यान्डको इकोल होटेलियर डे लुजान (इएचएल) अन्तर्गत प्रमाणिक विद्यालयहरूको सञ्जालको औपचारिक रूपमा सदस्य बनेको छ । यसले नेपाली युवाहरूलाई स्विस मोडलको आधारभूत शिक्षामा पहुँच बढाएको छ ।
आतिथ्य सत्कार उद्योगका नेतृत्वकर्ताहरूको शिक्षण÷प्रशिक्षणका क्षेत्रमा १२८ वर्षभन्दा बढीको अनुभव रहेको हस्पिटालिटी एजुकेसन तीव्र परिवर्तन भइरहेको उद्योगमा उत्कृष्ट प्रतिभा खोजीको आवश्यकता पूरा गर्नका लागि आफ्नो प्रमाणीकरण मोडलको माध्यमबाट अन्य प्रतिष्ठित होटल तथा आतिथ्य सत्कार शैक्षिक प्रतिष्ठानहरूलाई परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ ।
विश्वभरी रहेका १३ वटा ईएचएलसँग सम्बद्ध वा सर्टिफाइड स्कुलहरूको सानो सर्कलको अब गेट कलेज एउटा हिस्सा भएको छ । यसले विश्वभरि रहेका यी पर्यटन तथा होटल व्यवस्थापन सम्बद्ध शैक्षिक संस्थाहरूका विद्यार्थीहरूबीच शैक्षिक आदानप्रदानको अवसर, विशेष गरी विद्यार्थीहरूको लागि विदेशमा सेमेस्टेर सुविधा प्राप्त गर्नसक्ने छन् । यसअघि अन्तर्राष्ट्रिय सम्झौताको अभावका कारण यस्तो सहभागिताको अभाव रहँदै आएको थियो ।
अध्ययन पूरा भएपछि गेट कलेजका विद्यार्थीहरूले ईएचएलद्वारा सह–हस्ताक्षर गरेको प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले उनीहरूलाई ईएचएल प्रमाणित शैक्षिक प्रतिष्ठानका पूर्वविद्यार्थीहरूको सञ्जाल र असंख्य करियर फोरमहरूमा पहुँच प्रदान गर्दछ भने जसले उनीहरूको करियरलाई सही ढंगबाट सुरू गर्न मद्दत पु¥याउने कलेजको दावी छ ।