३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

नेपालगन्ज -नेपालगन्ज–पोखरा विमान सेवा शुक्रबारबाट सुरु भएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीता एयरको १८ सिटे विमानबाट चार्टर उडान सुरु भएको हो ।

त्यही विमानले पोखराबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्र घुम्ने पर्यटकका लागि उडान भर्नेछ । यो उडानका लागि नाट्टाले एकतर्फी भाडा ४ हजार नौ सय ९५ रुपैयाँ तोकेको छ । पर्यटन व्यवसायीले पर्यटकका लागि सहुलियत दरको ३ दिने प्याकेजको व्यवस्था गरेका छन् ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार चार्टर विमानले हरेक हप्ताको शुक्रबार र आइतबार नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्जको विमान उडान हुनेछ ।

‘एक महिनाका लागि १६ वटा विमान उडानका लागि नाट्टाले सीता एयरसँग सम्झौता गरिसकेको छ’, अध्यक्ष सिग्देलले भने, ‘वर्षौदेखि नेपालगन्ज–पोखरा उडानका लागि बहस, छलफल र माग भए पनि राज्यले बेवास्ता गरेकाले व्यवसायीका तर्फबाट उडान सेवा सुरु गरेका हौं । यो सरकार र सरोकारवाला निकायलाई दवाब दिने अभियान पनि हो । भारतीय सीमा नाका खुला मात्र हुने हो भने नियमित रुपमा यो रुटमा उडान भर्न कुनै समस्या हुँदैन ।’

शुक्रबार दिउँसो १ बजे नेपालगन्ज विमानस्थलबाट पोखराका लागि सीता एयरको विमानले पहिलो पटक उडान भरेको थियो । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाको नेतृत्वमा बाँके र बर्दियाका १८ जना पर्यटन व्यवसायी पोखरा पुगेका थिए ।

नगर प्रमुख राणाले वर्षौदेखि उडानको विषयमा चर्चा भए पनि पहिलो पटक विमान सेवा सुरु हुनुलाई ऐतिहासिक क्षण भएको बताए । ‘पोखरा घुम्न चाहने स्वदेशी र भारतीय पर्यटकका लागि सस्तोे र छोटो रुट भएको छ । यसबाट बाँके र बर्दियाका पर्यटकीय क्षेत्रहरुको विकासमा पनि मद्दत पुग्नेछ’, नगर प्रमुख राणाले भने, ‘क्यासिनो सिटीका रुपमा विकास भइरहेको नेपालगन्ज क्षेत्रका लागि नेपालगन्ज पोखरा रुटबाट पर्यटन प्रबद्र्धनमा मद्दत मिल्नेछ ।’ उनले यसपछि नेपालगन्ज–दिल्ली उडानका लागि पहल गरिने बताए ।

कार्यक्रममा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज पोखरा उडानले कोरोना महामारीले मारमा परेको पर्यटन क्षेत्रलाई माथि उकास्न मद्दत मिल्ने दाबी गरेका छन् । उनले भने, ‘यो उडान पर्यटन प्रवद्र्धन गर्न कोसेढुंगा साबित हुनेछ । बाँके र बर्दियामा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न संघीय सरकारले नेपालगन्ज पोखरा रुटमा नियमित उडान सेवा सुरु गर्नुपर्छ ।’

पोखरा महानगरपालिका प्रमुख मानबहादुर विसीको नेतृत्वमा नाट्टा गण्डकी प्रदेशको टोलीले बाँके र बर्दियाका पर्यटन व्यवसायीहरुलाई पोखरा विमानस्थलमा स्वागत गरेका थिए । पर्यटन व्यवसायीले पोखरामा पत्रकार सम्मेलन गरी नेपालगन्ज–पोखरा विमान सेवाले भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सहज हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]