२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका १० वटा विद्यालयलाई अनुदान रकम दिने भएको छ । विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर बढाउन पालिकाले प्रोत्साहन स्वरूप अनुदान दिने भएको हो ।

शौचालय निर्माण, माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला तथा पुस्तकालय र शिक्षण सिकाइमा प्रविधिमैत्री उपकरणको प्रयोगका लागि यस्तो अनुदान रकम दिन लागिएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार ७ वटा विद्यालयले शौचालय निर्माण, २ वटाले विज्ञान प्रयोगशाला तथा पुस्तकालय र एउटा विद्यालयले प्रविधिमैत्री पढाइका लागि आइसीटीको प्रयोगका लागि अनुदान पाउने छन् । उनले ती विद्यालय छनोटसमेत भइसकेको जानकारी दिए । तर अनुदान प्राप्त गर्न ती विद्यालयले आवेदन पेश गर्नुपर्नेछ ।अनुदान पाउन विद्यालयले २० फागुनभित्र विद्यालय व्यवस्थापन समितिको निर्णय, वडाको सिफारिस, लागत अनुमान तथा कार्यक्रम प्रस्तावनासहित पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा दिनुपर्नेछ ।

२० फागुन सम्ममा रीतपूर्वक कागजात र आवेदन नदिए अनुदान योजना अन्य विद्यालयलाई दिइने प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]