१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ०६, २०७७

सप्तरी – सप्तरीमा एक नवजात शिशुको अस्पताल र डाक्टरका लापरबाहीले मृत्यु भएको भन्दै परिवारले कारबाहीका लागि माग गरेको छ ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ५ की २९ वर्षीया मौसमी सरकारको असोज ३० गते शुक्रबारका दिन गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रियाद्वारा प्रसुति गराईएको थियो । उनले ३२ सय ग्रामको शिशुलाई जन्म दिएकी थिइन् । तर, अस्पतालमा एक पटक पनि बाल रोग विशेषज्ञ नआउँदा शिशुको मृत्यु भएको भन्दै परिवारले छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत गरेको छ ।

डा.उषा देव र डा.दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच गरेका थिएनन् । मृत्यु भएका शिशुका बुबा पंकज कुमार सरकारले भने, ‘आमाको दुध नआउने, बच्चा रुने, शरीर काम्ने जस्तो समस्या देखिएपछि नर्सलाई जानकारी गराएको र उनले बच्चा भोकले रुदैछ भनेर जवाफ फर्काएको भन्दै नर्सकै सल्लाहमा बच्चालाई ल्याक्टोजिन दिन थालेको थियौं । तरपनि बच्चा जन्मिएपछि एक पटक पनि बाल रोग विशेषज्ञ हेर्न आएनन् ।’

सरकारले बच्चाको डाक्टरलाई बोलाईदिनुस् भनेर आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको भन्दै कात्तिक १ गते शनिबारका दिन राति साढे १० बजे बच्चा रुने, जिउँ तातो हुने र नर्सले पनि झर्केर बोल्दै फर्काएको बताए । सरकारले थपे, ‘कात्तिक २ गते आईतबार बिहान ३ बजे बच्चा झन् बढी रुन थालेपछि उसको अवस्थापनि कमजोर हुँदै गएको देखेर नर्सलाई भन्न जाँदा कोहीपनि नआएको र अस्पतालमा डाक्टर पनि उपस्थित नहुँदा म आत्तिए ।’ सरकारका अनुसार फोनमा एक जना डाक्टरसँग सम्पर्क हुँदा आफू अस्पतालमा नभएको बताए ।

अर्का डाक्टर ललन रौनियारसँग कुरा हुँदा उनले बच्चा बाहिर लिएर जानु पर्छ भनेर जवाफ दिएका थिए । डा रौनियारसँग कुराकानी र अस्पतालमा नर्सलाई खोज्न जाँदा सम्म ढिलो भइसकेको भन्दै सरकारले धरान रेफर गरेपछि बाटोमै छोराको मृत्यु भइसकेको बताए । उनले धरान पुगेपछि डाक्टरले बच्चाको आधा घन्टा पहिले नै बाटोमै मृत्यु भइसकेको जानकारी गराएको बताए । अस्पतालको लापरबाहीकै कारण आफ्नो बच्चाको मृत्यु भएको भन्दै सरकारले जिल्ला घटनाबारे छानबिनका लागि अस्पताल प्रशासनलाई पनि आग्रह गरेका छन् । उनले अस्पतालको अव्यवस्थित वातावरण र डाक्टरको लापरबाहीका कारण आफ्नो छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

यता अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रञ्जीत झाले ७२ घन्टाको समय माग गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइएने आश्वासन दिएका छन् । घटनाबारे विस्तुत बुझेर सत्यतथ्य छानबिन गरिने पनि डा झाले बताएको मृतक शिशुका बुबा सरकारले जानकारी दिए ।

हाम्रो डाक्टर समाचार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]