प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रवार काठमाडौंमा बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ ।
रत्नपार्कबाट शुरू भएको र्याली पश्चिमतर्फबाट टुँडिखेलमा प्रवेश गरी नागरिक घोषण सभामा परिणत हुने आयोजकहरूले जनाएका छन् ।
र्यालीमा सहभागीहरूले टुँडिखेल फिर्ता गर, अग्रगमन जिन्दावाद, लोकतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, प्रतिनिधि सभा पुनःस्थापना गर, नागरिक सर्वोच्चता कायम गर जस्ता नारा लगाएका छन् ।
र्यालीमा पत्रकार नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, लेखक खगेन्द्र संगौला, मानवअधिकारकर्मी मोहना अन्सारीलगायत सहभागी छन् ।