३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सरकारले प्रजातन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशको १२ जिल्लाका ८३ जना कैदीको कैद मिनाहा गरेको छ ।

विभिन्न अपराध ठहर भई कैद भुक्तानका लागि कारागार पुगेका कैदीको आनीबानी सुधार तथा कारागारभित्र राम्रो काम गरेवापत कारागारहरूको सिफारिसमा सरकारले ५ जनालाई आममाफी र ७८ जनाको कैद मिनाहा गरेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए ।जसमा लुम्बिनी प्रदेश पश्चिम नवलपरासीमा ६, रूपन्देहीमा ५, कपिलवस्तुमा ८, पाल्पामा ६, गुल्मीमा १, रोल्पामा २, प्यूठानमा ६, दाङको तुलसीपुर कारागारमा १५, घोराही कारागारमा ७, बाँकेमा १४, बर्दियामा ४ जना रहेका छन् । दाङको तुलसीपुर कारागारमा ४ र घोराही कारागारमा १ जना गरी ५ आममाफी दिएको प्रमुख धानुकले जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तान गरिसकेकाले कैदीहरूको कारावासको क्रममा आनीबानी सुधारका कारण सरकारले कारागारहरूको सिफारिसमा कैद मिनाहा गरिदिएको उनले बताए । जसले अपराध न्यूनीकरणमा तथा रोकथाममा ठूलो सहयोग पुर्‍याउने उनको भनाइ छ ।कारागारमा सुध्रिन सक्ने अर्थात् आनीबानीमा सुधार ल्याउन सक्ने वा कैद सजाय भुक्तानपछि समाजका लागि केही योगदान पुर्‍याउन सक्ने व्यक्तिको छनोट गरी सरकारले विशेष दिनमा त्यस्ता व्यक्तिलाई कैद मिनाहा तथा आममाफी दिने गरेको उनले बताए । जसले अपराध न्यूनीकरण तथा ठूलो सहयोग पुर्‍याउने उनको भनाइ छ ।

अनुशासन पालनसँगै कारागारको व्यवस्थापन, आधा कैद भुक्तान गरिसकेका व्यक्तिहरूको आचरण हेरी कारागारले स्थानीय प्रशासनमार्फत कैद मिनाहा तथा आममाफीको सिफारिस गर्ने कारागार कार्यालय घोराहीका प्रमुख विष्णु पाण्डेले बताए । उनले भने, ‘जो सुध्रिन खोज्छ, केही गर्छु भन्ने सोच राख्छ । उसलाई सरकारले दिएको सहुलियत हो, कैद मिनाहा तथा आममाफी ।’ जसका कारण विशेष दिवसमा सरकारले यो काम गर्ने गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]