१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ। शुक्रबार एमिकस क्युरी सदस्य गीता पाठक संग्रौलाले आफ्नो राय दिएसँगै सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको बहस सकिएको हो।

मुद्दाको अर्को पेशी आउँदो ११ गते तोकिएको छ भने १० गतेसम्म बहस नोट बुझाउने समय दिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान निवेदन परेका थिए। निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो।एमिकस क्युरीअघि रिट निवेदक पक्ष, सरकारी पक्ष र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी पक्ष र प्रधानमन्त्रीका कानुन व्यवसायीले उठाएको प्रश्नमाथि रिट निवेदक तर्फबाट कानुन व्यवासायीले जवाफ समेत दिइसकेका छन्।

सर्वोच्चले नेपाल बार एशोसिएसन र सर्वोच्च बारबाट पाँच जना एमिकस म्युरी मगाएको थियो। उनीहरु सबैले अदालतलाई राय दिइसकेका छन्। बहस सकिएसँगै अब छिट्टै निर्णय आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]