३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

धनकुटा – नेपाली कांग्रेसले थालेको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजनाको केन्द्रित विशेष समितिले गरिखाने अभियान उद्योग व्यवसायी छनौट तथा परियोजनाको लागि धनकुटामा समेत अभियान सुरु गरिएको छ ।

लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजनाको केन्द्रित विशेष समितिले राष्ट्रव्यापी उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने कार्यक्रमअन्र्तगत धनकुटामा समेत गरिखाने अभियानअन्र्तगत काम सुरु गरिएको कार्यक्रमका सीईओ राजु नेपालले बताए । कोभिड १९ को महामारीपछि उद्यम, व्यावसाय, रोजगारीमा परेको संकटलाई सम्बोधन गर्ने यो कार्यक्रमलाई देश व्यापीरूपमा सञ्चालन गरिएको उनको भनाइ थियो ।
कार्यक्रमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षडा. गोविन्द पोख्रेलले कांग्रेसले थालेको यो अभियानबाट मुलुकमा उद्यमशीलता प्रवद्र्धन, लगानी प्रोत्साहन र संरक्षण, ठूलापूर्वाधारहरूको विकासमार्फत आर्थिक सम्भावनाको उजागर गर्ने यो अभियानले गाउँगाउँमा उद्यमीहरू जन्मने बताए ।
उनले भने अब भाषण सभा सम्मेलनभन्दा पनि उत्पादनमा जोड दिने बेला आएको छ ।

अभियानअन्तर्गत रोजगारीको अवसरको खोजीमा रहेकाहरूलाई समेटेर करिब १२ हजार उद्योगमार्फत १ लाख २० हजार घरधुरी प्रत्यक्ष रोजगारी सिर्जना गरी ४ लाख ८० हजार जनसंख्यालाई प्रत्यक्ष लाभाविन्त बनाउने लक्ष्य राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]