काठमाडौँ – महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।
गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार ‘रातोपाटी अनलाइन डट कम’मा प्रकाशित भएपछि नर्वेमा बस्दै आएकी सरला कट्टेलको पहलमा नेपाली ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो । पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको थियो ।
करिब एक महिनाभन्दा बढी उपचारपछि बालिकाको अवस्था सामान्य बन्दै गएको पीडित बालिकाका पिताले बताए । प्रहरीले उनीमाथि बलात्कार गरेको आरोपमा २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ ।