बाजुरा – जिल्ला अस्पताल बाजुराको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियान जारी रहेको छ । जिल्ला अस्पताल बाजुराको अतिक्रमित जमिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाको निर्देशनमा फिर्ता ल्याउने क्रम जारी रहेको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले निर्णय गरेसँगै निजीकरण गरिएको अस्पतालको जग्गामा बनाइएका घरटहरामा डोजर प्रयोग गरिएको जिल्ला अस्पताल बाजुराका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले जानकारी दिए ।‘जिल्ला अस्पताल बाजुराको अतिक्रमित जमिन फिर्ता ल्याउन धेरै पटक निर्देशन दिए पनि कार्यान्वयन नभएपछि डोजर लगाएरै संरचना भत्काएका हौँ’, अध्यक्ष थापाले भने ।स्थानीय लालकेशर पाण्डेले बोर्डिङ स्कुलका टहरा नहटाएपछि डोजर लगाइएको अध्यक्ष थापाको भनाइ छ । राजनीतिक दल, नागरिक समाज र सरोकारवाला भेला गरेर अतिक्रमित जमिन खाली गर्ने काम थालिएको उनले जानकारी दिए ।
अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोर्डिङ स्कुलका सञ्चालक लालकेशर पाण्डेले घरटहरा बनाएका छन् । एकातिर अस्पतालको नयाँ भवन निर्माण भइरहेको छ भने अर्कातिर नजिकै बोर्डिङ स्कुल रहेकाले बिरामीलाई असहज हुने गरेको छ ।