०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाण्डाै – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षकी भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ ।

हत्या भएको १७ औं दिनमा उनको दाहसंस्कार गर्न लागिएको हो । भागरथीका परिवारले दोषी पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै शव बुझ मानेको थिएन । प्रहरीले १३ औं दिनमा भागरथीको हत्याको आरोपमा त्यहीँ ठाउँका दीपक भट्टलाई प्रक्राउ गरी सार्वजनिक गरिसकेको छ ।दीपकले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन । तर हिजो दीपकले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझ्न लागेको हो । भागरथीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरामा रहेको महाकाली नदीको छेउको आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ । गएको माघ २१ गते विद्यालयबाट घर जाने क्रममा भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]