१८ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन् । उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन् ।‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

उनले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाहरुलाई रोक्ने बताए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न पनि सबै निकायहरुलाई निर्देशन दिएका छन् । देशलाई अस्थीरताबाट जोगाउन ताजा जनादेशमा जानु परेको बताए ।उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए ।

‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्दैन । सुशासन कायम गरेर छोड्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]