११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

विस्फोटक पदार्थ नहुँदा चीनको तिब्बतसम्म जोड्ने रानीपुल–ओलाङचुङगोला सडकको काम रोकिएको छ । ठेकेदार कम्पनी एसबीए एलाइट जेभीले विस्फोटक पदार्थको व्यवस्थापन र प्रयोग गर्ने वातावरण नभएसम्म काम अघि बढाउन नसकिने जनाएको छ ।

सडकको ६ किलोमिटर नयाँ ट्र्याक खोल्ने काम माघ २२ गतेदेखि रोकिएको हो ।सडक आयोजना कार्यालयले असारसम्म ट्र्याक खोल्ने लक्ष्य लिएको थियो । निर्माण कम्पनीका म्यानेजर राजीव लामिछानेले ६ मध्ये डेढ किमिका लागि मात्रै विस्फोटक पदार्थ आवश्यक भएको बताए ।बाँकी भागमा ट्र्याक खुले नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङसम्म सवारीसाधन पुग्छन् । चीनले सिमानासम्म सडक जोडिसकेको छ । फक्ताङलुङ गाउँपालिका–४ तापेथोकको रानीपुलदेखि ओलाङचुङगोलासम्मको ३४ किमि ट्र्याक खोल्ने गरी २०७४ मा काम सुरु भएको थियो । ४० करोड लागतको आयोजनाको म्याद ३० महिना तोकिएको थियो । तर संघीयता कार्यान्वयनका क्रममा उत्तर–दक्षिण लोकमार्गको कार्यालय नै नरहेपछि सुरुको नौ महिना कामै थालिएन ।

त्यसपछिको पाँच महिना लेलेपका स्थानीयको विवादका कारण काम रोकियो । अहिले विस्फोटक पदार्थका कारण तेस्रोपटक काम रोकिएको हो । सडक कार्यालय प्रमुख अमिन्द्र खड्काले भने १०/१५ दिनभित्रैमा विस्फोटक पदार्थ प्रयोग गरिने बताए । ‘हामीसँग १२ सय किलो विस्फोटक पदार्थ स्टक छ । जिल्ला सुरक्षा समितिले प्रयोगका लागि निर्णय गरिसकेको छ,’ उनले भने । निर्माण कम्पनीले किनेको विस्फोटक पदार्थ ढुवानी र सुरक्षाको जिम्मा सेनाको हुन्छ ।

तर यहाँ सेनासँगमा समन्वय हुन सकेको छैन । टिप्तालादेखि ओलाङचुङगोला बस्तीसम्मको २४ किमिको ट्र्याक स्थानीयको लगानीमा खुलिसकेको छ । बस्तीदेखि सदरमुकामतर्फको बगरसम्म १० किमि ठेकेदार कम्पनीले खोलेको छ । अहिले सदरमुकाम फुङलिङबाट ट्र्याक खुलेको इलाडाँडासम्म सवारीसाधन चलिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]