०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०७, २०७७

सप्तरी – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फागुन ७ गतेलाई काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा स्मरण गर्दै समस्त नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘७० वर्ष अघि २००७ को कात्र्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो । राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश ग-यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग-यो ।’

उनले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै भएको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु । संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]