०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौँ – नयाँ व्यवसाय गर्न चाहने जो कोहीले फर्म दर्ता गर्न अब देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग धाउनु पर्ने छैन । नयाँ व्यवसाय फर्म दर्ता गर्न विभाग धाउनु पर्ने झन्झट आइतबार देखि समाप्त भएको छ ।

बागमति प्रदेश भित्रका निकासी पैठारी व्यापार बाहेकका सबै नयाँ प्राइभेट तथा साझेदारी फर्म दर्ता घरेलु तथा साना उद्योग कार्यलयबाट हुने छन् । यस अघि सबै कार्य विभागबाट हुदै आएको थियो । पुरानो व्यवसाय फर्मको नविकरण गर्ने हकमा भने अहिलेलाई विभागबाट हुने छ । यसैगरी बैदेशिक व्यापारीक फर्म र एजेन्सीका कार्यहरु पनि विभागबाट हुने छन् ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले नेपाल सरकारले संविधानको मर्म अनुसार वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी आइतबार घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर काठमाडौँलाई हस्तान्तरण गरेको जानकारी दिए । उनले विस्तारै अन्य प्रदेशमा पनि सो जिम्मेवारी हस्तान्तरण गर्दै जाने तयारी विभागले गरेको बताए ।

उनले पहिलो पटक बागमती प्रदेशबाट सुरु गरेको जानकारी दिए । काठमाडौँ घरेलु तथा साना उद्योग कार्यालयलाई सो कार्य सहजिकरण गर्न विभागबाट एक हप्ता प्रशिक्षणका लागि दुई जना कर्मचारी समेत पठाएको सुवेदीको भनाई छ । विभागबाट हुने नयाँ फर्म दर्ता कार्यहरु स्थानीय तहलाई हस्तान्तरण गर्दा सेवाग्रहीले छिटो र सहज रुपमा सेवा पाउने उनको भनाई छ । ‘अब स्थानीयले व्यापारिक फर्म दर्ता गर्नका लागि विभागमा धाउनु पर्ने झन्झट हटेको छ ।’ उनले भने । पुरोनाको हकमा अहिले विभागबाट नै नविकरण हुने उनले बताए । विस्तारै सो कार्य पनि प्रदेशलाई लागि दिइदै जाने उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस
सरकारले धेरै कर लिँदा महंगो भयो इन्टरनेट
विभागका प्रवक्ता शिवराज सेढाईले विभागबाट दर्ता हुँदै आएका नयाँ फर्म बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता हुने जानकारी दिए । उनको भनाई अनुसार निकासी पैठारी बाहेकका नयाँ फर्म दर्ता घरेलु कार्यालयबाट हुने छ । स्थानीय व्यापार गर्न इच्छुक व्यक्तिहरूले व्यवसाय दर्ताको लागि सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यलयमा सम्पर्क गर्नुपर्ने उनको भनाइ छ ।

प्रवक्ता सेढाईका अनुसार विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाटै हुनेछन् । अनलाइन माध्ययमबाट व्यवसाय दर्ता लगायतका नियमन सम्बन्धी सेवा प्रवाह सहजीकरणका लागि विभाग र फोन पे बीच सम्झौता भएको विभागले गरेको छ । डिजिटल भुक्तानी प्रक्रिया प्रवद्र्धन गर्न व्यवसायीलाई निशुल्क क्यूआर कोडको सुविधा समेत उपलव्ध गराउने तयारी गरेको विभागले गरेको छ ।

प्रवक्ता सेढाईले अन्य प्रदेशहरूमा समेत प्रदेश कानून तर्जुमा भएपछि निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमको काम क्रमश हस्तान्तरण गर्दै जानकारी दिए । बागमती प्रदेशको घरेलु तथा साना उद्योग कार्यलयहरूमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापार मुलुक (निकासी पैठारी) फर्महरूको सक्कलै फाइल २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भइ विभागबाटै नियमन हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]