१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

दैलेख: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीबोर्डद्धारा अमर्यादित कार्य गर्ने व्यक्तिहरुलाई कारबाही गरेको छ । बोर्डले परीक्षाको समयमा टिकटक बनाउने विद्यार्थी, परीक्षाका निरीक्षक र विद्यालयका प्रधानाध्यापकलाई कारबाही गरेको हो ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी दैलेखको कालिका माध्यामिक विद्यालय सिंहासैनका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरेको हो । २०७७ मंसिरमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सहभागी शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा टिकटक बनाई सामाजिक सञ्जालमा राखेका थिए । उनको चालु खण्डको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

बोर्डद्धारा जारी सूचनाका अनुसार सोहि विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र विद्यालयका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष चक्रबहादुर शाही पनि कारबाहीमा परेका छन् । उनीहरु दुवैलाई बोर्डबाट सञ्चालन गरिने परीक्षा सम्बन्धी गतिविधिमा तीन वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको सूचनामा उल्लेख छ । उनीहरुलाई विभागीय कारबाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिश गरिएको बोर्डद्धारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]