२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

काठमाडौँः अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८–८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रीले बुधबार अर्थ मन्त्रालयका पूर्व सचिवहरूलाई मन्त्रालयमा बोलाएर आगामी बजेटको सम्बन्धमा रायमरामर्श मागेका छन् ।

यसअघिका अर्थमन्त्री युवराज खतिवडा आफैं सर्वज्ञ भएकाले अरुको परामर्श लिन समेत संकोच मान्थे । सर्वज्ञ भएर एक्लै बजेट बनाउने निवर्तमान अर्थमन्त्री खतिवडाको कार्यशैलीलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो व्यवहार र कार्यशैलीबाट दुत्कारेका छन् ।

पूर्व अर्थ सचिवहरूले कोभिड–१९ महामारीको कारण शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका थिए । उनीहरूले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह पनि गरे ।

पूर्व मन्त्री एवं अर्थ सचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सीमित हुनुभन्दा समग्र व्यवहारिक अवस्था हेरेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिए । मल्लिकले निजी लगानी विस्तारका आवश्यक वातावरण श्रृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने बताए ।

पूर्व मुख्यसचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले कोभिड–१९ र निर्वाचनको घोषणाले आगामी आर्थिक बर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेखगरेका थिए । छलफलका क्रममा उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका थिए । ‘यसो गर्दा मात्र अर्थतन्त्रको पुनर्स्थापना एवं विकास दीगोरुपमा गर्न सकिन्छ,’ कोइरालाले भने ।

त्यसैगरी, पूर्व अर्थ सचिव रामेश्वर खनालले व्यवसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारलाई महत्व दिन सुझाव दिए । उनले प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यैदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मूल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने धारणा राखेका थिए । कोभिड–१९ पछिको अवस्थामा कार्यक्रम तथा आयोजना तर्जुमा गर्दा प्राथमिकीकरण गरी वैज्ञानिक बजेट विनियोजमा केन्द्रित गर्दै उनले सम्पूर्ण सुधार सहित कार्यान्वयनयोग्य बजेट जरुरी रहेको बताए ।

यसअघिका अर्थमन्त्री युवराज खतिवडा आफैं सर्वज्ञ भएकाले अरुको परामर्श लिन समेत संकोच मान्थे । सर्वज्ञ भएर एक्लै बजेट बनाउने निवर्तमान अर्थमन्त्री खतिवडाको कार्यशैलीलाई वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो व्यवहार र कार्यशैलीबाट दुत्कारेका छन् ।
पूर्व अर्थ सचिव डा. शान्ताराज सुवेदीले कोभिड–१९ लाई अवसरका रुपमा लिएर महामारीले जुन–जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए । अर्का पूर्व अर्थ सचिव सुमनप्रसाद शर्माले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना र उत्पादनमा केन्द्रित गर्दै पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रको विस्तारमा सहयोगी हुने बजेट ल्याउनुपर्नेमा जोड दिए । अर्थ मन्त्रालयका सपूर्व सचिव युवराज भुषालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अनावश्यक पूर्वधार निर्माणलाई कटौती गर्न जरुरी रहेको औंल्याए ।

पूर्व अर्थ सचिव शंकरप्रसाद अधिकारीले आर्थिक वृद्धि र सो का लागि निजी एवं निजी–सरकारी साझेदारीलाई प्रोत्साहन दिन आवश्यक रहेको भन्दै आर्थिक वृद्धि सँगसँगै आर्थिक–सामाजिक न्यायका कार्यक्रमहरु पनि अघि बढाउन उपयुक्त हुने बताए । यी सबका लागि आर्थिक एवं वित्तीय सुधारको आवश्यकता रहेको उल्लेख गर्दै अर्थ मन्त्रालयले आर्थिक सुधार र लगानीको वातावरण बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी रहेको अधिकारीको भनाइ थियो ।

अर्का पूर्व अर्थ सचिव डा. राजन खनालले समयमै सुधार गर्न सकिएन भने सार्वजनिक संस्थान मुलुकका लागि निकै ठूलो बोझ बन्ने अवस्था तर्फ अर्थ मन्त्रालयको ध्यान आकर्षण गरेका थिए । सार्वजनिक क्षेत्रको सुधारतर्फ उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउदै डा. खनालले कार्यक्रम तथा आयोजना व्यवस्थापनको अवधारणामा नै परिवर्तन गर्न आवश्यक भैसकेको विचार व्यक्त गरेका थिए ।

पूर्व अर्थ सचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लाल शंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । यसका लागि केवल परामर्शदाता नियुक्ति गर्नेमा भन्दा मुलुकी प्रशासनको आन्तरिक क्षमता अभिवृद्धि गर्नेतर्फ ध्यानाकर्षण गराए । उनले वैदेशिक सहायता नीति एवं व्यवस्थापनका सम्बन्धमा निर्ममतापूर्वक पुनरावलोकन एवं समीक्षा गर्नुपर्ने आवश्यकता समेत औंल्याएका थिए ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले छलफल कार्यक्रमको उद्देश्य, आवश्यकता र औचित्यका सम्बन्धमा बोल्दै आगामी दिनमा पनि खासगरी नीतिगत, कार्यक्रमगत एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने बताए । पूर्व सचिवहरुबाट महत्वपूर्ण र गहन सुझाव आएको बताउँदै अर्थ मन्त्रालयले ती सुझावहरुलाई गम्भीरतापूर्वक ग्रहण गर्ने उनको भनाइ थियो । कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी लगायत पनि उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]