०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०६, २०७७

सप्तरी – यस सिजनको इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको खेलाडी किनबेच (अक्सन) आज हुँदैछ । चेन्नईमा हिउँसो सवा तीन बजेदेखि अक्सन सुरु हुनेछ ।

यसपटकको आइपिएल अक्सनमा नेपालबाट सन्दीप लामिछानेमात्रै परेका छन् । ८ खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीपमात्रै परेका हुन् ।

अक्सनको समय आएसँगै सन्दीपको आइपिएल भविष्यका विषयमा नेपाली खेलप्रेमीकाबीचमा निकै चर्चा भइरहेको छ । सबैको चिन्ताको विषय छ, सन्दीपलाई कुनै टिमले अनुबन्ध गर्छ वा गर्दैन ।

यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गएको सिजनमा कुनैपनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै नयाँ टिममा अनुबन्धको अवसर सन्दीपले पाएका छन् ।

तर, उनलाई चुनौती पनि उत्तिकै रहेको छ । अन्य विदेशी खेलाडीको तुलनामा कम मूल्य राखेका सन्दीपको यस सिजनको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

यसबीचमा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपिएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ ।

उसले हैदरावादले खरिद गर्नुपर्ने खेलाडीमा आरोन फिन्चसँगै सन्दीपलाई पनि उल्लेख गरेको छ । युवास्टार सञ्जु सामसनले नेतृत्व गर्ने उक्त टोलीले सन्दीपलाई भित्र्याउनु पर्ने सरमाचारमा उल्लेख छ ।

हैदरावादले आजको अक्सनमार्फत ३ जना विदेशी खेलाडी खरिद गर्नसक्नेछ । ५ जनाको कोटामा पहिल्यै टोलीमा २ विदेशी खेलाडी रहेका छन् । जारी सिजनका लागि उसले यसअघिका कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]