१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – कपाल झर्नु आम समस्या बनिसकेको छ । यो यस्तो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । बजारमा कैयौं औषधिहरु पनि उत्पादन नभएका होइनन् । उनीहरुले यो समस्याबाट पार लाउन आफ्नो औषधिले उत्कृष्ट काम गर्ने दाबी गर्दै आएका छन् ।

उद्यपि यी उत्पादनको साइड इफेक्ट हुने सम्भावना पनि हुन्छ । यस्तोमा घरेलु उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ ।

कपालमा तेल मालिस

आफ्नो कपाल गुम्ने खतरा कम गर्न पहिलो कदमका रुपमा तपाई तेलले कपालमा मालिस गर्नुपर्दछ ।

कपाल र टाउकोमा उचित मालिस गरिसकेपछि कपालमा रोमरक्त प्रवाह बढ्छ । तपाइँको कपाल जरासम्म मजबुत बन्छ ।

यसले तपाइँलाई आराम लिन र तनाव कम गर्नका लागि पनि सहयोग गर्दछ ।

प्याजको रस

आफ्नो टाउकोमा लशुनको रस, प्याजको रस वा अदुवाको रस लगाएर मसाज गर्नुहोस् । यस प्रक्रियालाई सुत्नुभन्दा पहिला गर्ने र बिहान राम्रो तरिकाले धुने गर्नुहोस् ।

प्याजको रसमा सल्फरको मात्रा बाढी हुन्छ । यसले टिशुमा रहेको कोलाजेन उत्पादनलाई सहयोग गर्दछ । कपाल झर्ने समस्या भएकालाई प्याजको रस अधिक उपयुक्त हुन्छ ।

मेथीको पाउडर

मेथीको पाउडरले पनि कपाल झर्न रोकछ । यसको पेस्ट बनाएर लगाउने र केही समयपछि सुकाएर सादा पानीले धुनुपर्दछ । यसको नियमित प्रयोगले कपाल झर्न निकै कम हुन्छ ।

अमला

कपालको प्राकृतिक र तिव्र गतिमा विकासका लागि अमलाको उपयोग सबैभन्दा प्रभावकारी मानिन्छ ।

अमलामा भिटामिन सी प्रचुर मात्रामा हुन्छ । शरीरमा भिटामिन सीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ ।

एलोभेरा

एलोभेरामा इन्जाइम हुन्छ । जसले कपाललाई स्वस्थ राख्न र विकासका लागि सहयोग गर्दछ । यसका साथै अल्कलाइन गुणका कारण यसले कपालको पिएचलाई सही तरिकाले राख्न पनि सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]