सप्तरी – भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन्।
भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए।
घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदीसहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए।
भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ। अनुसन्धानमा संलग्नप्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्नेकिशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ माअध्ययनरत विद्यार्थी हुन्।
मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय बैतडीमा ल्याएकोर केहीबेरमा सार्वजनिक गरिने छ।
प्रहरीकाअनुसार तीकिशोरले विद्यालयबाट घर फर्कदाभागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन्। पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भीक बयानदिएका छन्।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी१७वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन्। भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो।