०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – चीनमा नक्कली खोप बिक्री गर्ने एक जना पक्राउ परेका छन् । पानी र सलाइनलाई कोरोना भाइरसको खोपका रूपमा प्रयोग गरेर लाखौं डलर कमाउने पक्राउ परेका हुन् ।

कङ नाम दिइएका ती व्यक्तिले वास्तविक खोपको अनुसन्धान गरेपछि ५८ हजार नक्कली खोप बनाएर बिक्री गरेका थिए । अधिकारीहरूले तीमध्ये केही मात्रा खोप चीनबाहिर पनि तस्करी गरिएको जनाएका छन् । तर ती नक्कली खोप कुन देशमा पुर्‍याइयो भन्नेबारे केही उल्लेख गरिएको छैन ।

हालसम्म नक्कली खोप बनाएको र बिक्री गरेको आरोपमा चीनमा कम्तीमा ७० जना पक्राउ परिसकेका छन् । उनीहरू विभिन्न २० वटा घटनासँग सम्बन्धित रहेका जनाइएको छ । नक्कली खोप निर्माण गर्ने र बिक्री गर्नेमाथि चीनले कडा कारबाही गर्ने जनाइरहेका बेला पछिल्लो समाचार सार्वजनिक भएको हो ।

चीनले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु गरिसकेको छ । अधिकारीहरूले चिनियाँ नयाँ वर्षअघि नै १० करोड खोप लगाउने योजना सार्वजनिक गरेका थिए । तर हालसम्म ४ करोडलाई मात्र खोप दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]