२७ कार्तिक २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – नेपाल आयल निगमले एक साता बित्न नपाउँदै पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । इन्डियन आयल कर्पाेरसन (आईओसी)ले १६ फेब्रुअरीमा पठाएको मूल्य बढेर आएको भन्दै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।

निगमले डिजेल, मटीतेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा २ रुपैयाँ मूल्य बढाएको हो । यसअघि एलपी ग्यासको मूल्य बढाए पनि यसपटक भने यथावत राखिएको छ । निगमले इन्धनको मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार मूल्यवृद्धि गरिएको जानकारी दिएको छ । नयाँ मूल्यअनुसार डिजेल-मटीतेल प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ भने पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ र हवाई इन्धन आन्तरिक प्रतिलिटर ६७ रुपैयाँ पुगेको छ ।
मूल्य समायोजनपश्चात पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिण्डर २९५ रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ । मूल्य समायोजन गर्दा पनि १५ दिनमा ८६ करोड ७८ लाख घाटा रहेको निगमले दावी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले एक साताअघि इन्धनको मूल्य बढाएको थियो ।

मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ र डिजेल प्रतिलिटर ४१ रुपैयाँ सस्तो रहेको निगमको दावी छ ।
यता, निगमको मूल्य स्थिरीकरण कोषमा ११ अर्ब रुपैयाँ संकलन भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा त्यसको सबै भार उपभोक्तामा पर्न नदिन कोष स्थापना गरेको हो । हाल निगमको घाटा बढ्दै गएको तथा सोही अनुपातमा मूल्य बढाउन सम्भव नभएकाले स्थिरीकरण कोषको रकम उपयोग हुने भएको छ । कोषमा विगत ६ वर्षको अवधिमा यो रकम जम्मा भएको हो ।

स्वचालित मूल्यमा उपभोक्ता बढी मारमा पर्ने भन्दै कोषमा पेट्रोलियम पदार्थ बिक्रीबाट एक प्रतिशतका दरले उपभोक्ताबाट संकलन गरेर १० अर्ब ६२ करोड रुपैयाँ जम्मा गरेको निगमले जानकारी दिएको छ । डिजेल, पेट्रोल, मटीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास बिक्रीबाट रकम जम्मा गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]