२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०५, २०७७

सप्तरी – नेपालले सबैभन्दा बढी निर्यात गर्ने वस्तु भटमासको प्रशोधित तेल हो । सर्वाधिक निर्यात हुने वस्तुको शीर्ष १० मा अलैंची, चिया, गलैंचालगायत वस्तु पर्छन् ।

तर, तपाईंलाई सुन्दा आश्चर्य लाग्दो हो नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा कुकुर र बिरालोको खाना पनि पर्छ, त्यो पनि सर्वाधिक निर्यात वृद्धिदरको सूचीमा अटाउँछ ।

भन्सार विभागको तथ्यांकले यस्तै देखाउँछ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार ७ महिनामा ६ लाख ५९ हजार किलो कुकुर/बिरालोको खाना निर्यात भएको देखिन्छ । यो परिमाण गत आर्थिक वर्षको माघ मसान्तसम्मको भन्दा ६० प्रतिशत बढी हो ।

मूल्यका हिसाबले निर्यात यो खाना १ अर्ब ३ करोड रूपैयाँ बराबरको हो । गत आवको माघसम्म ६८ करोडको खाना पैठारी भएको थियो ।

नेपालबाट अमेरिका, बेलायत, क्यानाडा, सिङ्गापुरलगायत देशमा नेपालको पूर्वी भू–भागबाट छुर्पी निर्यात हुन्छ । यसलाई भन्सार विभागले ‘कुकुर/बिरालोको खाना’ भन्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]