१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – रविचन्द्र आश्विनको अलराउण्ड प्रदर्शन प्रेरित भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेष्टमा शानदार जित हात पारेको छ । चेन्नाइमा भएको खेलमा चौथो दिनमै जित हात पारेको भारतले इंग्ल्यान्डलाई ३१७ रनले पराजित गरेको हो ।

यस जितपछि घरेलु टोली भारतले ४ खेलको सिरिजमा १-१ को बराबरी समेत गरेको छ। पहिलो टेष्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो ।
दोस्रो टेष्टमा भारतले दिएको ४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङ्समा ५४.२ ओभरमा १६४ रनमै अलआउट भयो ।
५३-३ बाट चौथो दिनको खेल अघि बढाएको इंग्ल्याण्डले थप १११ रन जोड्दा ७ विकेट गुमाएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान जोए रुटले ३३, डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए ।इंग्ल्याण्डलाई अलआउट गर्न भारतका अक्सर पटेलले ५ विकेट लिए । यस्तै रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।
यसअघि आश्विनको १०६ रन मद्दतमा भारतले दोस्रो इनिङ्समा २८६ रन बनाएको थियो ।
चेन्नाइको एम चितम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३२९ रन बनाएको थियो । इंग्ल्याण्ड पहिलो इनिङ्समा १३४ रनमा अलआउट भएको थियो ।
दोस्रो टेष्टमा ब्याटिङ ११६ रन बनाउनुका साथै बलिङमा ८ विकेट लिएका भारतका आश्विन प्लेअर अफ दि म्याच घोषित भए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]