
सप्तरी – अफगानिस्तानको एउटा मस्जिदमा बम प्रशिक्षण कक्षा चलिरहँदा विस्फोट भएको छ।
बाल्क प्रान्तको दौलतवाद जिल्लास्थित कुल्तक गाउँको मस्जिदमा भएको उक्त विस्फोटनमा परेर ३० तालिबान विद्रोहीको मृत्यु भएको मिरर को युकेले जनाएको छ।तालिबानी समूहले संचालन गरेको बम प्रशिक्षण कक्षामा विस्फोट भएको हो। अफगान सेनाका अनुसार गत शनिबार बिहानै सो विस्फोट भएको थियो।अधिकारीहरुका अनुसार मृतक सबै बम निर्माण गर्न पोख्त थिए। यस घटनामा ६ विदेशी नागरिकको पनि मृत्यु भएको छ
अमेरिका र अफगान सरकारसँग अफगानिस्तानमा शान्ति स्थापना गर्ने वार्ता भइरहँदा तालिबानले आतंकवादी घटनालाई रोकेको छैन।
तालिबानको आक्रमण झनै तीव्र हुँदै गएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान सहमतिमा आइसकेको अवस्थामा त्यहाँबाट अमेरिकी सेना फर्काउने बताएका थिए।तर नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सोमबार मात्र अफगानिस्तानबाट तत्काल सेना नफर्काउने बताएका छन्।
उपयुक्त समयमा मात्र त्यहाँबाट नेटोका सेना फर्किने उनको भनाइ छ।