१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – महोत्तरीको सम्सी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको मनमुटावले विकास निर्माणका गतिविधि प्रभावित हुने अवस्था सिर्जना भएको छ । अध्यक्ष शेष फारुक र उपाअध्यक्ष नागिना देवीबीचको झगडा सतहमै छताछुल्ल भएपनि विकास निर्माणका काम प्रभावित हुन थालेका हुन् ।

अध्यक्ष फारुकले छलफलबिनै मनपरी निर्णय गर्ने र अधिकारमा समेत हस्तक्षेप गरेको उपाध्यक्ष नागिनाको आरोप छ । अध्यक्ष फारुकले हरेक विषयमा हस्तक्षेप गरेको बताउँदै उपाध्यक्ष नागिनाले भनिन्, ‘अध्यक्षले म निर्वाचित जनप्रतिनिधि भए पनि थाहै नदिई एकलौटी निर्णय हुन गरेको छ ।’

तर, गाउँपालिका अध्यक्ष फारुक भने उपाध्यक्ष नागिनाको काम, कर्तव्य र अधिकारमाथि अहिलेसम्म कुनै हस्तक्षेप नगरेको बरु कोभिड–१९ महामारी नियन्त्रणमा अहोरात्र खटे पनि सहयोग नगरेको दाबी गर्छन् ।

अध्यक्ष र उपाध्यक्ष आमनेसामने भएपछि गाउँपरिषद् सभालाई जनकपुरस्थित उच्च अदालतले रोक्न आदेशसमेत दिएको थियो । गाउँसभाका सद्स्यहरूको हस्ताक्षर बटुलेर बहुमतको आधारमा आफूलाई थाहै नदिई परिषद् बोलाएपछि अदालतमा मुद्दा हालेको उपाध्यक्ष नागिनाले बताइन् ।

नेकपाजस्तै सम्सीका अध्यक्ष र उपाध्यक्षको झगडाले टुटफुटको अवस्था सिर्जना गरेको छ । अचम्म के भने दुवै जनप्रतिनिधि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । अध्यक्ष र उपाध्यक्षबीचको किचलोको प्रभाव सम्सीका ७ वटै वडामा देखिँदै गएको छ ।

‘कुनै बैठक वा छलफल आयोजना गर्दा अध्यक्ष उपस्थित भए उपाध्यक्ष नहुने र उपाध्यक्ष भए अध्यक्ष नहुने समस्याले कैयौँ निर्णयसमेत ओझेल परिरहेका छन्’, वडा नम्बर ६ का शेख उमरले भने ।

न्यायिक समिति संयोजक उपाध्यक्ष स्वयं भए पनि न्यायिक छलफलमा सहभागी नबन्दा सेवा प्रभावित भएको जनगुनासो बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]