०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा ग्यास १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण भएको हो ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहाले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न मन्त्री साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

यो पनि पढ्नुहोस
मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…
प्रतिनिधिसभाको निर्वाचन ताका मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

कार्यक्रममा प्रदेश सांसद मा. कुन्दन कुशवाहासहित मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, नेता चन्देश्वर बैठालगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]