१२ कार्तिक २०८१, सोमबार
wait Please...
सप्तरीमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

एक महिनामा २ सय २ जना फरार अपराधी पक्राउ

एस एन यादव

मंगलबार, कार्तिक ०४, २०७७

सप्तरी – सप्तरीमाविशेष सुरुक्षा याेजना स्थानीय प्रहरी प्रशासनले लागू गरेकाे छ । साेहि क्रममा अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयाे। उहाका अनुसार पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका रहेका छन ।

पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने उहाले बताउनुभयाे । यस्तै नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ ।

जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उहाको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरि प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]