०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

सप्तरी – धनुषामा एक महिलाको शव खेतमा फेला परेको छ।

धनुषाको कमला नगरपालिका–२ माचि झिटकैयामा मंगलबार फेला परेको शव ३५ वर्षीय संगीतादेवी गडेरी राउतको भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ।

हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा भेटिएको शव झिटकैयाको पश्चिमवारी टोल बस्ने खुशीलाल गडेरीकी जेठी पत्नीको भएको इलाका प्रहरी कार्यालय खजुरीका इन्पेक्टरहिरेन्द्र रोकायाले जानकारी दिए।

बिहान स्थानीय एक युवक दिसा गर्न घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्दा संगीतालाई मृत अवस्थामा देखेपछि गाउँमा खबर फैलिएको थियो। संगीतालाई हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएका प्रहरी निरीक्षक रोकायाले जानकारी गराए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]