११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

पोखरा – पोखरामा आजदेखि महिला र पुरुष दुवै टोलीका लागि भलिबल प्रतियोगिता सुरु हुँदैछ । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता पोखरा रङ्गशालामा सुरु हुन लागेको हो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको पहिलो दिन आज महिलातर्फ ३ खेल तथा पुरुषतर्फ ४ खेल हुँदैछन् । पुरुषतर्फ पहिलो खेलमा तनहुँ र मुस्ताङ खेल्दैछन् ।दोस्रो खेलमा स्याङ्जा र कास्की भिड्नेछन् भने तेस्रो खेलमा बाग्लुङ र म्याग्दी तथा अन्तिम खेलमा नवलपुर र गोरखा भिड्ने छन् ।

महिलाको पहिलो खेलमा म्याग्दी र नवलपुरबीच खेल हुनेछ । दोस्रो खेलमा पर्वत र स्याङ्जा तथा तेस्रो खेलमा तनहुँ र लमजुङ आमनेसामने हुनेछन् । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।प्रतियोगिताको विजेता महिला र पुरुष दुवै टोलीले समान २/२ लाख नगद र ट्रफी तथा उपविजेताले १/१ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]