०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले धरान सर्दु जलाधार क्षेत्रको ‘सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडेर गलत प्रचारप्रसार गर्नुलाई राजनीतिक पूर्वाग्रह भएको’ टिप्पणी गरेका छन् ।

सभामुख सापकोटाको सचिवालय तर्फबाट प्रेसविज्ञ श्रीधर न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै ‘त्यसप्रकारको गलत आरोप र भ्रममा नपर्न’ सबैमा आग्रह गरेका छन् । ‘तत्कालीन वनमन्त्री रहेका बेला सापकोटाले सर्वोच्च अदालतको आदेशमात्र पालना गरेको’ विज्ञप्तिमा उल्लेख छ ।सर्वोच्च अदालतले १७ चैत २०६७ मा निवेदकको मागबमोजिम ‘रोक्का रहेका जग्गा फुकुवा गरिदिनु’ भनी मालपोत कार्यालय सुनसरीका नाममा परमादेश दिएको र महान्यायाधिवक्ताको रायसमेतका आधारमा अदालतको फैसला कार्यान्वयनमात्र गरिएको सापकोटाको सचिवालयले जनाएको छ ।‘सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था तात्कालीन वन तथा भूसंरक्षण सचिवले उठाएको उल्लेखित टिप्पणीअनुसार अगाडि बढाइएको स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘संविधानको धारा १२८ को उपधारा ४ मा सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्याय सम्पादन कार्यमा ‘कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने व्यवस्था ध्यानमा राखिएको’ विज्ञप्तिमा उल्लेख छ ।सभामुख सचिवालयले देशको पछिल्लो विकसित राजनीतिक घटनाक्रममा संविधान, लोकतन्त्र र जनाधिकार रक्षार्थ उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेको छ ।

गत शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बालुवाटारको जग्गा खोजबिन अभियन्ता अधिवक्ता युवराज कोइरालाले सापकोटा ‘वनमन्त्री हुँदा सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा गराएको तर अख्तियारले मुद्दा नचलाएको’ आरोप लगाएका थिए । सभामुख सचिवालयले ‘सो आरोपमा कुनै सत्यता नरहेको र भ्रम फैलाइएकाले त्यस्तो भ्रममा नपर्न’ अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]