०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

वीरगंज – वीरगंज १३ मुर्लीका ३५ वर्षीय युवक मनोजकुमार सिंहले ना४५ प ७१५० नम्बरको मोटरसाइकल लिएर पावरहाउसबाट घण्टाघर जाँदै थिएँ।

रातिको समयमा मोटरसाइकल अनियन्त्रित भएर त्रिमुर्ती चोकमा एउटा गाईमा ठोक्किए र घाइते भए। गत शनिवार राति भएको उक्त दुर्घटनामा प्रहरीले घाइतेलाई उद्धार गर्न भने ढिलासुस्ती गर्‍यो।घाइते सडकमै छटपटाइरहँदा गस्ती गर्दै आएको मिनि ट्रकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सदानन्दप्रसाद यादवले लापारवाही गरेको प्रत्यक्षदर्शीहरुले दाबी गरेका हुन्। घटनाको २५ मिनेटपछि मात्र घाइतेलाई अस्पताल पुर्‍याइएको थियो।

प्रहरीले अस्पताल पुर्‍याउने ढिलाई गरेको भन्दै स्थानीयले होहल्ला गरी गस्ती टोलीकै गाडीमा अस्पताल लैजान दबाब दिएपछि उक्त गाडीमा घाइतेलाई पछि राखियो तर फेरि जिल्लाको गाडी आएपछि उक्त गाडीबाट जिल्लाको गाडीमा ओहोरदोहोर गरी रमिता देखाएको बताइएको छ।घाइतेको अवस्था मध्यम छ। उनलाई नारायणी अस्पतालमा उपचार गरी आइतवार दिउँसो अपोलो ट्रमा सेन्टर विर्तामा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालयभन्दा २ किलोमिटर टाढामा एउटा समान्य मोटरसाइकल दुर्घटना हुदाँ यसरी ढिला रेस्पोन्स गर्ने पर्सा प्रहरीले सुरक्षा निकायप्रतिको जवाफदेहितामा आँच पुगेको सर्वसधारण बताउँछन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]