०२ चैत्र २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०४, २०७७

भूमिगत रूपमा गतिविधि गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित ४१ जनाविरुद्ध दायर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ।

जिल्ला अदालत मोरङमा थुनछेक बहस हुने भएको हो।विप्लव, प्रकाण्डसहित ४१ जनालाई २३ मंसिरमा मोरङको मिक्लाजुङ – १ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि घाँटी रेटेर भएको हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले हिजो अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

सोही मुद्दामा आज अदालतमा थुनछेक बहस हुने भएको सरकारी वकिल कार्यालय मोरङको श्रेस्तेदार राजकुमार दाहालले बताए।जिल्ला प्रहरी कार्यालय मोरङले दुई महिना लामो अनुसन्धानपछि शिक्षक श्रेष्ठको हत्यासम्बन्धी घटनाको अपराध अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो।शिक्षक श्रेष्ठको पार्टीविरुद्ध सुराक गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ताले हत्या गरेका थिए।

हाल प्रहरीले हत्या घटनामा संलग्नताको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनी हुन् – विप्लव समूहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक।प्रहरीको हिरासतमा रहेका उनले हत्यामा संलग्नता नरहेको बताउँदै आएको प्रहरीले जनाएको छ।अपहरण र हत्या घटनामा संलग्नहरूको भने अभियोगपत्रमा नाम उल्लेख नगरेपनि ६ जना संलग्न मात्रै भनिएको छ।
विप्लवको निर्देशनमा जितेन्द्र महरामार्फत उनीहरू परिचालन भएको प्रहरीले दावी गरेको छ।

६ जनाबाहेक ३५ जना को – को हुन् ?

१) कपिलवस्तु शिवराज नगरपालिका – ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द ‘विप्लव’
२) कालिकोट नरहरीनाथ गाउँपालिका – ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’
३) रोल्पा थवाङ गाउँपालिका – १ का ५२ वर्षीय सन्तोष बुढामगर ‘विशम’
४) जाजरकोटका ४२ वर्षीय दीपक चलाउने
५) संखुवासभा मादी नगरपालिका – ४ का ३५ वर्षीय धनबहादुर विक।
६) मोरङ केराबारी गाउँपालिका – ६ का ४५ वर्षीय थमनसिंह राई ‘प्रताप’
७) खोटाङ साकेला गाउँपालिका – १ का ४१ वर्षीय चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’
८) झापा गौरीगञ्ज – १ का २६ वर्षीय सञ्जय राई।
९) भोजपुर षडानन्द नगरपालिका – २ का ४६ वर्षीय पुष्पलाल चौलागाई ‘विवश’
१०) धनकुटा सहीदभूमी गाउँपालिका – १ का ३३ वर्षीय नविन राई ‘दर्शन’
११) धनकुटा पाख्रिबास नगरपालिका – २ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर
१२) काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका – ५ का ५४ वर्षीय माधव गौतम ‘आकाश’
१३) संखुवासभा चैनपुर – ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भनिने युवराज राई
१४) भोजपुर ट्याम्केमयुम – ७ का ४१ वर्षीय कुमार राई ‘भीम’
१५) खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका – ७ का ४३ वर्षीय सञ्जीव मगर
१६) सोलुखुम्बु महाकुलुङ – १ गाईखर्कका ३६ वर्षीय पेम्बा शेर्पा ‘ङवाङनुरु’
१७) ओखलढुङ्गा लिखु – ७ का ३१ वर्षीय योगेन्द्र बस्नेत ‘अमृत सागर’
१८) गोरखा अजिरकोट गाउँपालिका – ३ का ४१ वर्षीया उमा भुजेल ‘शिलु’
१९) झापा दमक – २ का ३० वर्षीय सुमनसिंह पौडेल
२०) सोलुखुम्बु सोताङ – १ का ३५ वर्षीय राकेश राई ‘बालकुमार’
२१) भोजपुर रामप्रसादराई गाउँपालिका – ४ दलेगाउँका २५ वर्षीय मिलन राई ‘चाम्स’
२२) संखुवासभा चैनपुर – ४ मैदानेका २२ वर्षीय बासन राई ‘नाती’
२३) ताप्लेजुङ मिक्वाखोला गाउँपालिका – ४ का २२ वर्षीय मनोज भुजेल ‘अखिल’
२४) ताप्लेजुङ मिक्वाखोला – १ का २३ वर्षीय सुदम लुङखिम्बा ‘लुङ्गा’
२५) भोजपुर पौवादुङ्मा गाउँपालिका – ३ का २६ वर्षीय उमेश खत्री
२६) ताप्लेजुङ मिक्वाखोला – ५ का २९ वर्षीय पूर्णबहादुर लिम्बू ‘संग्राम’
२७) धनकुटाका २४ वर्षीय बिक्रम राई ‘आशिष’
२८) मोरङ मिक्लाजुङ – १ का २२ वर्षीय श्रीमान राई बिर्जुम
२९) ताप्लेजुङ मिक्वाखोला – १ का २५ वर्षीय विशाल लिम्बू।
३०) ताप्लेजुङ फाक्तालुङ गाउँपालिका – २ का २५ वर्षीय संगम आङदेम्बे
३१) भोजपुर पौवादुङमा – ४ का २४ वर्षीया अनुस्का राई
३२) ताप्लेजुङका २५ वर्षीय हेतु साउदेन
३३) इलाम देउमाई नगरपालिका – ७ का ३६ वर्षीय जीतमान राई ‘मौसम’
३४) इलाम देउमाई नगरपालिका – ७ का ४५ वर्षीय डम्बर मगर ‘अविनाश’
३५) मोरङको मिक्लाजुङ – ८ का ४५ वर्षीय जितेन्द्र महरा ‘महावीर’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]