२९ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

सप्तरी – नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजाहरूले जसरी जनतालाई जमिन दिन्छु भन्दै पञ्चर्‍याली निकालेको आरोप लगाएका छन्।

सोमबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्रीले पहिले-पहिले राजा महाराजाले जे गर्थे अहिलेका प्रधानमन्त्रीले त्यही गर्न थालेको आरोप लगाए।

‘हामी संविधान मिचिएको कुरा, लोकतन्त्रमाथि प्रहार भएको कुराको विरोधमा आन्दोलनमा छौं, उहाँ महाराजाहरूले जसरी पञ्चर्‍याली निकाल्ने, जग्गा जमिन बाँड्छौं भन्दै मान्छे उतार्ने गरिरहनुभएको छ,’ उनले भने, ‘त्यसको केही अर्थ र महत्व छैन।’

प्रचण्डले ओलीले प्रतिगमन र प्रतिक्रान्तिको बाटो पक्डिएकै दिनबाट हारिसकेको बताए।

उनले भने, ‘मैले त सुरूदेखि नै भनिराख्या छु। उहाँले जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रान्तिको बाटो पक्डनुभयो, उहाँ हारिसक्नु भाछ।’

उनले चुनाव गर्नका लागि भएको प्रतिगमन नभएको भन्दै सरकारले चुनाव नगराउने दाबी गरे।

आम नेपाली जनता र राम्रो दिमाग भएका जनताले अहिलेको सरकारका निर्णयलाई नमान्ने पनि उनले बताए।

नेकपाका दुई समूहकाबीचमा सभामा कार्यकर्ता बढी ल्याउने प्रतिस्पर्धा भइरहेको प्रसंगमा उनले भने, ‘चितवनमा १२ गतेको लागि तयारी छ म आउँछु।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]