१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

काठमाडौं – कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण यसरी गिजोलियो कि दोषी पत्ता लगाउन प्रहरी असफल भयो । अझैपनि घटनाको दोषी पत्ता लगाउन प्रहरी सक्रिय छ । तर, प्रमाण जुटाउन सकिरहेको छैन ।

शंकास्पदहरु पक्राऊ गरेपनि प्रहरीले प्रमाण यथेष्ट जुटाउन सकेन । जसका कारण प्रहरी आफै विवादमा परेको थियो । यस्तै अवस्था नआओस् भनेर भागरथी भट्ट हत्या प्रकरणमा प्रहरी दोषी फुत्कनै नसक्ने गरी अनुसन्धानबाट जतिसक्दो धेरै प्रमाण जुटाउन सक्रिय भएको छ ।विश्वस्त स्रोतका अनुसार प्रहरीले अनुसन्धानको घेरा साँघुरो बनाउँदै लगेको छ । शंकास्पदहरुमाथि निगरानी र अनुसन्धान बढाएको छ । यथेष्ठ प्रमाण जुटाएपछि दोषी निश्चित रुपमा निक्र्यौल गरेपछि मात्र प्रहरीले घटनाको दोषीलाई सार्वजनिक गर्ने तयारी अगाडि बढाएको छ ।प्रहरी स्रोतका अनुसार भागरथी हत्या प्रकरणमा नजिककै चिनेजानेको व्यक्ति संलग्न छ । घटनामा कतिजना संलग्न छन् भन्ने प्रहरीले खुलाएको छैन । तर, उनलाई जङ्गलको बाटोबाट लतार्दै झाडीमा लगी बलात्कारपछि हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थल नजिकै भागरथीको छालाको सानो टुक्रा समेत फेला परेको छ । उनका मोबाइल पनि भेटिएको छ । यीबाहेक घटनामा दोषीको पहिचान खुल्ने वस्तुहरु पनि फेला परेका छन् । यसैको आधारमा अनुसन्धान बढाइएको बुझिएको छ ।

१७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि प्रहरीले गरिसकेको छ । २१ माघमा लवलेक जङ्गलमा बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी स्वयं सक्रिय भई दोषी पत्ता लगाउन खटिएका छन् । सीआइबीले पनि अनुसन्धानमा भूमिका खेलिरहेको छ । स्थानीयले दोषी पत्ता लगाउने प्रहरीको प्रयासमा साथ दिइरहेका छन् ।लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा शव उत्तानो अवस्थामा फेला परेको थियो । सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । तर, उनी घर पुगिनन् ।

साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका थिए । दाजुले दिएको सिमकार्ड भागरथी चलाउँथिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]