३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

काठमाडौं – संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गर्ने भएको छ। ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेको हो। प्रदर्शनसँगै हुने सभालाई सभापति शेरबहादुर देउवालगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

पुस ५ मा ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंवैधानिक र अलोकतान्‍त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ। नेपाली कांग्रेसको पुस १३ गते बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले अहिलेको राजनीतिक संक्रमणको सबैभन्दा उत्तम समाधान संसद पुनर्स्थापना भएको निश्कर्षसहित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको थियो।यसअघि कांग्रेसले माघ १९ मा कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गरिएको थियो।त्यसैगरी संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको थियो। कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। माघ ८ गते कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको थियो।

सभापति शेरबहादुर देउवाले रुपन्देही, वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ, महामन्त्री डा. शशांक कोइराला दाङ, प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुर, गगन थापा चितवन, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला झापा, प्रकाशमान सिंह कास्की, अर्जुननरसिंह केसी काठमाडौंमा, एनपी साउद दार्चुलामा, डा. मिनेन्द्र रिजाल प्युठान डा। प्रकाशशरण महत सिराह, प्रदीप पौडेल दैलेख, रमेश लेखक बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशी भक्तपुरमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]