०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङको बान्चनमा पहिलो पटक पाइपबाटै खानेपानी सुविधा पुगेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइपमार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दा खानेपानीका लागि आधा घन्टा टाढा रहेको मुहानमा पुग्ने गरेका थिए । खानेपानीको समस्याले स्थानीयको दैनिकी कष्टकर बनेको थियो । सरसफाइ, उपभोग, शौचालयमा चाहिने पानीसमेत गाग्री, ग्यालिन र ड्रममा ओसार्नुपर्ने बाध्यता थियो ।पहिलो पटक पाइपबाट घरघरमा पानी आएपछि स्थानीयमा खुसीयाली छाएको त्यहाँका जीत गर्बुजाले बताए । गेरवाङको मुहानमा ट्यांकी बनाएर २ हजार ५ सय मिटर पाइपबाट पानी ल्याइएको छ ।

गाउँपालिकाले १ लाख ९० हजार रुपैयाँ विनियोजन गरेको सो खानेपानी निर्माण गर्न स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष प्रेमलाल सुवेदीले जानकारी दिए। ३ घरको स्थायी बसोबास भएको बान्चनमा थप ७/८ जनाको खेतबारी र गोठ छन् । थोरै घरधुरी भएकाले त्यहाँका बासिन्दाको खानेपानी मागप्रति अहिलेसम्म सुनुवाइ भएको थिएन । वडाका जनप्रतिनिधिले सिफारिस गरेर धेरै वर्षको प्रयासमा खानेपानी पाएकोमा बान्चनबासी खुसी छन् ।

खानेपानीका अतिरिक्त सो पानी सिँचाइमा पनि प्रयोग गर्न सकिनेछ । करेसाबारी र खेतीबालीमा सिँचाइ गर्न पनि सुविधा पुगेको छ । बान्चनमा खेतीयोग्य जमिन भए पनि सिँचाइ समस्या छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]