०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०३, २०७७

उदयपुर – उदयपुर सदरमुकाम गाईघाटस्थित डीएमग्रेट लक्ष्मीपुर खण्डको सडक कालोपत्रे भएको छ । ३ वर्षअघि नै कालोपत्रे हुनुपर्नेमा विभिन्न कारणले रोकिन पुगेको त्रियुगा नगरपालिका वडा नम्बर १२ डीएमगेट-लक्ष्मीपुर खण्डको सडकमा बल्ल कालोपत्रे भएको हो ।

त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को डिएमगेटदेखि बिसनपुर हुँदै त्रियुगाको वडा नम्बर १३ लक्ष्मीपुरसँग जोडिने सडकमा कालोपत्रे सम्पन्न भएको भएको हो । तत्कालीन डिभिजन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजबाट कालोपत्रे गर्ने भनिएको सो खण्डको सडक सुरुमा त्रियुगा आफैंले गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।‘नगर नमुना सडक’ बनाउने घोषणासहित ९० लाख रुपैयाँमा ठेक्का लागेर काम सुरु भए लगत्तै असार लागेपछि नदीजन्य पदार्थ उत्खननमा रोक लागेकाले काम रोकिएको थियो ।

राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम लागू भएका जिल्लामध्ये उदयपुर पनि एक भएकाले त्यसबेला प्रशासनले ढुंगा, गिट्टी बालुवा उत्खनन र बिक्री वितरणमा रोक लगाएका कारण काम अघि बढ्न नसकेको त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए । काम रोकिएसँगै आर्थिक वर्ष समाप्त भएपछि रकम फ्रिज भएकाले रोकिएको काम सहरी विकास कार्यालयमार्फत अघि बढाउन खोजे पनि चौडाइ विवादले पुनः अवरुद्ध हुन पुगेको थियो ३ वर्षअघि गर्ने भनिएको कालोपत्रेको काम चालू वर्ष नगरपालिकाले अघि बढाएको नगरप्रमुख चौधरीको भनाइ छ । चालू वर्ष प्रदेश सरकारको ५० लाख रुपैयाँको समपूरक बजेटबाट ७ मिटर चौडाइको ५ सय ४० मिटर सडक कालोपत्रे गरिएको छ । बाँकी खण्डमा कालोपत्रे गर्न थप बजेट आवश्यक पर्ने भएकाले स्रोत खोजी भइरहेको नगरपालिकाले जनाएको छ । बजेट व्यवस्था गर्न सके चालू वर्ष र नसके आगामी वर्षभित्र बिसनपुरसम्म कालोपत्रे गर्ने गरी स्रोतको खोजी भइरहेको हो ।

त्रियुगाको वडा नम्बर १२ का वडाध्यक्ष जयविक्रम राईले डीएमगेटदेखि बिसनपुरसम्म आधा किलोमिटर कालोपत्रे भएको र बाँकी काम गर्न आवश्यक स्रोत जुटाउन वडा र नगरपालिकाले विभिन्न निकायसँग पहल गरिरहेको बताए । बिसनपुरदेखि लक्ष्मीपुर-पोर्ताहासम्मको ६.५० किलोमिटर खण्डमध्ये अब ६ किलोमिटर खण्डमा कालोपत्रे गर्न बाँकी छ, जसमध्ये यही वर्ष विनियोजित ५० लाख रुपैयाँ बजेटबाट थप आधा किलोमिटर कालोपत्रे हुने उनले जानकारी दिए ।बाँकी खण्डमा पनि सकेसम्म चालू वर्ष नै कालोपत्रे गरिसक्ने गरी बजेटको खोजी भइरहेको छ । सोही सडकको बिसनपुरस्थित बरुवा खोलादेखि पारितर्फ भने कालोपत्रे गर्ने गरी सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले गत वर्ष नै ठेक्का लगाएर निर्माण भइरहेको छ । सगरमाथा कन्स्ट्रक्सन गाईघाटले निर्माणको जिम्मा पाएको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष राईले बताए ।

सदरमकुामको सडक त्यसमाथि नगरको नमुना सडक घोषणा गरिएकाले डीएमगेट-बिसनपुर खण्डमा छिटोभन्दा छिटो कालोपत्रे गरिसक्नुपर्ने स्थानीयको माग रहेको वडाध्यक्ष राईले सुनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]