०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०२, २०७७

सप्तरी – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ ।

केन्द्रीय बैंकले आइतवार सार्वजनिक गरेको अर्धवार्षिक समिक्षा प्रतिवेदन अनुसार कोभिड–१९ संक्रमण दर घटेसँगै मुलुकको आर्थिक क्रियाकलापमा विस्तार आउन थालेको छ ।

साथै प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महीनामा समष्टिगत आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक रहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मुद्रा स्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदरमा कमी आएको छ ।वित्तीय पहुँच विस्तार हुनुका साथै विद्युतीय वित्तीय कारोबारमा बढ्दै गएको छ । शेयर बजार कारोबार र सूचकांङ्क दुवैमा विस्तार भएको छ ।’

राष्ट्र बैंकले उद्योग व्यवसायहरुमा अझै समस्यामा रहेको भन्दै एक पटकका लागि ऋणीहरुलाई पुनर्तालिकीकरण गर्ने सुविधा भने दिएको छ । पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशतमात्रै ब्याज असुल गरी विसं २०७८ साल असार मसान्तसम्मका लागि एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइनेछ ।

यसैगरी प्रतिवेदनमा विद्युतिय भुक्तानी कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । त्यस्तै क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवर्द्धनको लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ ।

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरुलाई विशेष पुनरकर्जामा प्राथमिकता दिने नीति लिनेसमेत मौद्रिक नीतिको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]