१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक ०३, २०७७

सप्तरी- सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सदस्यहरुले पाउने दशैँ खर्चको रकम कोभिड नियन्त्रण कोषमा जम्मा गर्ने भएको छ।

असोज २६ र २९ गतेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्।यस्तै, प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको पनि दशैँ खर्च मन्त्रिपरिषदले निर्णय गरे जस्तै कोरोना कोषमा जम्मा गरिने उनले जानकारी दिए।

त्यस क्रममा मन्त्री गुरुङले सरकारले कोरोनाको उपचारमा हात झिकेको भन्ने भनाई गलत रहेको बताए। उनले सरकारले जनताको उपचार गर्ने जिम्मेवारीबाट पन्छिएको नभई सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारे।

उनले काठामाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]