सप्तरी – नेपाल राष्ट्र बैंकले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने समय असार मसान्तसम्म थप गरेको छ ।
केन्द्रीय बैंकल चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बक्यौता ब्याजको ५ प्रतिशत भुक्तानी गरेर कोभिड प्रभावित उद्योगी व्यवसायीले असार मसान्तसमम कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरेको हो ।
यसअघि गभर्नर महाप्रसाद अधिकारीले २०७७ साउन २ गते चालु मौद्रिक नीति सार्वजनिक गर्दै बैंकलाई लिखित कार्ययोजना पेस गरेर २०७७ पुस मसान्तसम्म ब्याजको १० प्रतिशत भुक्तानी गरेर कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नसक्ने व्ययवस्था गरेको थियो ।
“कोभिड अतिप्रभावित पर्यटनलगायत क्षेत्रका व्यवसायीले १० प्रतिशत बक्यौता ब्याज तिरेर तोकेको पुस मसान्तसम्म कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सकेनौं भन्नुभयो,” गभर्नर अधिकारीले भने, “जसले गर्दा हामीले बैंकहरुलाई लिखित कार्ययोजना पेस गरेर असार मसान्तसम्म ५ प्रतिशत बक्यौता ब्याज तिरेर कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न थप गरेको हो ।”
तर, राष्ट्र बैंकले यस्तो कर्जाको प्रोभिजन भने ५ प्रतिशतलाई नै यथावत् गरेको छ । “बैंकहरुले पनि आफ्नो कर्जाको वाच गर्ने र ५ प्रतिशत प्रोभिजन गर्दा पुसअन हुन्छ भन्ने लागेको छ,” उनले भने, “बैंकर्स संघ र अन्य छाता संगठनहरुले त त्यसलाई पनि घटाउनुपर्छ भनेका थिए तर त्यति चाहिन्छ भनेर हामीले यसलाई निरन्तरता दिएको हो ।”